डिभिजन वन कार्यालय, रोल्पाले जलजला सव डिभिजन वन कार्यालय ओवाङमा यही असार २७ गतेका दिन घुम्ति शिविर कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढाको प्रमुख आथित्यमा संचालित उक्त कार्यक्रममा यस आ.व.मा समूह गठन तथा दर्ता भइ वन हस्तान्तरण गरिएका घोसाङ कमीरेपानी सामुदायिक वन उ.स., परिवर्तन १ र सुर्केडाँडा सामुदायिक वन उ.स., थवाङ १ लाई गाउँपालिका अध्यक्षबाट प्रमाणपत्र वितरण गरि स्वीकृत विधान तथा कार्ययोजना वितरण गरिएको थियो । कार्यक्रममा अन्य नवीकरण गरिएका ३० वटा सामुदायिक वन तथा २ वटा कबुलियती वन समुहका कार्ययोजनाहरु समेत समूहका पदाधिकारीहरुलाई वितरण गरिएको थियो । कार्यक्रमको अध्यक्षता डिभिजनल वन अधिकृत डा. मोहन प्रसाद पौडेलले गर्नुभएको थियो ।
2079-11-09 | डिभिजन वन कार्यालय रोल्पा
2079-03-25 |
2079-03-22 | डिभिजन वन कार्यालय, रोल्पा
2079-03-20 | डिभिजन वन कार्यालय, रोल्पा
2078-11-23 | डिभिजन वन कार्यालय, रोल्पा