रुन्टीगढी गाउँपालिकाका अध्यक्ष श्री जनक पुनको प्रमुख आथित्यमा आयोजित घुम्ती शिविर कार्यक्रममा १९ वटा सामुदायिक वन उपभोक्ता समूहका यसै आ.व. मा संशोधित/ परिमार्जित विधान तथा कार्ययोजनाहरु गाउँपालिका अध्यक्षको हातबाट वितरण गरिएको थियो । कार्यक्रमको अध्यक्षता डिभिजनल वन अधिकृत डा. मोहन पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता केसी, प्रहरी निरिक्षक मधुसुमन विश्वकर्मा तथा स.व.अ बाबुराम पोख्रेल, रुन्टीगढी सव डिभिजन वन कार्यालय होलेरीका अधिकृत गौतम ख्वालापाला, सामाजिक परिचालक तिर्सना घर्तिमगर समेतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन होलेरीका फरेष्टर खुम बहादुर सार्कीले गर्नुभएको थियो । कार्यक्रममा २४०० टिमुरको बिरुवा २५० कागतीको बिरुवा, १०० सुन्तलाको बिरुवा, २०० मालागिरी लगायतका बिरुवा समेत वितरण कार्य सम्पन्न गरिएको थियो ।
2079-11-09 | डिभिजन वन कार्यालय रोल्पा
2079-03-27 | डिभिजन वन कार्यालय, रोल्पा
2079-03-25 |
2079-03-20 | डिभिजन वन कार्यालय, रोल्पा
2078-11-23 | डिभिजन वन कार्यालय, रोल्पा